संसद्

विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस भएन : सांसद वाग्ले

इकागज |
असोज १९, २०८० शुक्रबार १६:५८ बजे

काठमाडौँ– सांसद डा.स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस नभएको बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक–२०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद वाग्लेले यो विधेयकमा स्रोतको सुनिश्चतता नै नभएको भन्दै विद्यालय शिक्षा विधेयक जनतामा लैजानुपर्ने बताए । 

उनले प्रतिनिधिसभा नियमावलीमा उल्लेख भएअनुसार जनताको प्रतिक्रिया प्राप्त गर्न प्रचार गरियोस् भन्ने प्रावधानलाई कार्यान्वयन गर्न विधेयक जनतामा लैजानुपर्ने बताए । उनले केही हप्तासम्म कुनै एक जना उपसचिवको गोप्य घर्रामा थन्क्याएर राखिएको विधेयक पर्याप्त छलफलमा नगएको बताए । 


सांसद वाग्लेले विधेयकमा सरकारबाट रकम उपलब्ध गराउनुपर्ने भएकोले यसबाट प्रत्येक वर्ष सरकारलाई आर्थिक दायित्व पर्न जाने भन्ने कुरा उल्लेख भए पनि विधेयकमा बजेटको कति प्रतिशत रकम खर्च हुँदैछ ? भन्ने मोटामोटी अनुमान पेस हुनुपर्ने बताए । उनले संविधानको मुल मर्मलाई नमिचेर सार्वजनिक शिक्षाको व्यवस्थापनमा राज्य जिम्मेवार हुनुपर्ने बताए । 

उनले शैक्षिक केन्द्रहरूको पुनःसंरचना, पाठ्यक्रमको खाका, शिक्षकहरूको जायज समस्यालाई निराकरण, परीक्षा, अभिभावक र समुदायको संलग्नता, तालिम, प्रशिक्षणलाई विधेयकले समेट्नु पर्ने बताए ।


Author

थप समाचार
x