इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि प्रधानमन्त्री दाहालले समकक्षी नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्छ : एमाले
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरूलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीहरूको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए । उनले सो आक्रमणमा परी घाइते भएका नेपालीहरूको उपचार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।
विदेशमा रहेका नागरिकहरूको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाइ थियो ।
प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाइते भएकाहरूलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया