संसद्

प्रदेश खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्छः अध्यक्ष केसी

इकागज |
असोज २१, २०८० आइतबार १६:१२ बजे

फाइल फोटो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले संघीयताका नाममा देशमा समस्या उत्पन्न भइरहेको भन्दै प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्ने बताएका हुन् । 


उनले मुलुकले संघीयता धान्न नसक्ने भन्दै प्रजातान्त्रिक विकेन्द्रीकरण गर्न सुझाव दिए । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने महसुस जनताले गरेको उनको भनाइ छ । 

केसीले विकासित देशहरु पनि एकतात्मक प्रणालीमा नै रहेको अवस्थामा संघीयतामाथि विचार गर्न सुझाव दिए । 


Author

थप समाचार
x