संसद्

विद्युत् विधेयकमा जलस्रोतको बहुपक्षीय उपयोग हुने गरी आएको छ : सांसद पुन

इकागज |
असोज २१, २०८० आइतबार १७:४५ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्यीय रूपमा उपयोग गर्ने गरी विद्युत् विधेयक आएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्य रूपमा उपयोग गर्ने गरी विद्युत् विधेयक २०८० आएको बताएका हुन् । उनले विधेयकमा दिगो ढंगले ऊर्जाको आपूर्ति गर्ने कुरा उल्लेख भएको बताए ।


त्यस्तै, प्राकृतिक स्रोत, साधनको संरक्षण, सम्वर्द्धन र उपयोग गर्ने कुरा पनि विधेयकमा उल्लेख भएको उनको भनाइ छ । उनले संघीय इकाइहरूको बीचमा विद्युत् उत्पादन गर्ने, सञ्चालन गर्ने जिम्मेवारीहरू बाँडफाँट गर्ने कुराहरू उल्लेख भएको पनि उनले बताए ।

सांसद पुनले विद्युतको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिएको बताए ।


Author

थप समाचार
x