संसद्

उखु किसानले सरकारले घोषणा गरेको अनुदान रकम पाएनन् : अब्दुल खान

इकागज |
असोज २२, २०८० सोमबार १६:७ बजे

काठमाडौँ–प्रतिनिधिसभा सदस्य अब्दुल खानले सरकारले उखु किसानलाई घोषणा गरेको अनुदान नपाएको भन्दै गुनासो गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उखु किसानले सरकारले घोषणा गरेको अनुदान नपाएको जानकारी गराएका हुन् ।

‘नेपाल सरकारको मन्त्रिपरिषद्को माघ ४ गतेको निर्णय अनुसार उखुको मूल्य छ सय १० निर्धारण गरिएको थियो,’ उनले भने, ‘उखु सम्बन्धी कार्यविधिको पहिलो र दोस्रो संसोधन अनुसार  ५ सय ४० रुपैयाँ उखु मिल र ७० रुपैयाँ नेपाल सरकारले कृषि अनुदान दिने निर्णय कार्यविधिले गरेको  थियो । तर हालसम्म उखु किसानले सरकारको अनुदान प्राप्त गरेका छैनन् । त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’


सांसद खानले इजरायलमा अलपत्र नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारसँग माग गरेका छन् । यस्तै उनले शिक्षा विधेयकमा मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीमा राख्न पनि माग गरे । 


Author

थप समाचार
x