रास्वापा सभापति लामिछानेले भने : मन्त्रिपरिषद्का निर्णय अख्तियारले हेर्नु पाउनुपर्छ
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताएका छन् ।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताए । उनले भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने बताए । उनले कुनैपनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने बताए ।
उनले भने, ‘मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो । नीतिगत, योगत उगत भन्ने होइन । भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्नु हुँदैन । हेर्नु हुँदैन भन्ने होइन । गलत चिज कुनैपनि छ भने हेर्नुपर्छ । जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो ।’
सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नी, यति लगायतका प्रकरणहरुको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया