संसद्

एमालेको आरोप– उद्योगीहरूले चिनीको कृत्रिम अभाव सिर्जना गराए

इकागज |
असोज २५, २०८० बिहीबार १४:१७ बजे

काठमाडौँ– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले चाडपर्वको मुखमा उद्योगीहरूले चिनीको कृत्रिम अभाव सिर्जना गराएको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालका चिनी उद्योगीहरूसँग पर्याप्त मात्रामा चिनी रहेको बताए । 

‘नेपालका चिनी उद्योगीहरूसँग अहिले पनि पर्याप्त मात्रामा चिनी छ । तर त्यो बजारमा आउन सकेको छैन । बजारमा कालोबजारी मौलाएको छ,’ गिरीले भने, ‘सरकारले त्यस्ता कालोबजारीयाहरू  प्रश्रय दिने काम गरेको छ । चाडपर्वको मुखमा नागरिकको खाद्यको अधिकारलाई सरकारले कुण्ठित नगरोस् ।’


उनले आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि सरकार निर्मम भइरहेको आरोप पनि लगाए । सरकार निर्मम भएकै कारण धेरै कर्मचारी घाइते भएको उनले बताए । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले भने, ‘सरकारको यस कदमको भर्त्सना गर्दछु ।’


Author

थप समाचार
x