टेरामक्सले फोन ट्याप र एसएमएस रिडङ गर्दैनः अध्यक्ष खनाल
काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ल्याउन लागेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकमा टेरामक्स प्रविधिको विषयमा जानकारी दिँदै यस्तो बताएका हुन् । उनले टेरामक्सले व्यक्तिगत डेटा नराख्ने भएकाले फोन ट्याप नगर्ने दाबी गरे । उनले प्राधिकरणले टेलिकम कम्पनीहरुले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्न टेरामक्स आवश्यक परेको बताए । उनले टेलिमकको डेटा प्रयोग भए÷नभएको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खोजिए पनि अदालत र फोन ट्याप विवादले जडान गर्न नसकिएको बताए । उनले विश्वका कुनैपनि दूरसञ्चार कम्पनीहरुले सबै कल ट्यापिङ गर्न नसक्ने बताए । उनले प्राधिकरणको टेण्डरमा फोन ट्यापिङ गर्ने कुरा समावेश नभएको बताए । उनले टेरामक्सले फोन ट्याप र एसएमएस रिड पनि नगर्ने भन्दै डेटा सुरक्षित गराउनको लागि प्राधिकरणलाई आवश्यक डाटा मात्रै राख्ने बताए । उनले मलेसिया,भारत,पाकिस्तान,चीन,बंलादेश,इन्डोनेसिया,सिंगापुर,अमेरिका,बेलायत लगायतले सम्पूर्ण विवतरण गर्ने भनेर गरिरहेका बताए ।
उनले भने, ‘टेरामक्स कस्टुम डिजाइनको लागि नियमन निकायलाई नियमन गर्नको लागि केके आवश्यक पर्छ त्यो मात्रै बनाउनको लागि आएको हो । विशेषगरी कल ट्यापिङ छ की भन्ने हिसाबका कुरा भइरहेका छन् । विश्वका कुनै पनि दूरसञ्चार कम्पनीहरुले सबै कल ट्यापिङ गर्न सक्दैन । ओभर साइट एजेन्सीहरुले ड्यु प्रोसेर पूरा गरेर माग्यो भने त्यो कुरालाई प्राथमिकता दिएर कल ट्यापिङ गर्ने हो । टेरामक्सले फोन ट्यापिङ गर्दैन । प्राधिकरणको टेण्डरमा फोन ट्यापिङ गर्ने कुरा छैन । कम्पनीले नेपालाई अतिरित सेवा दिँदैन होला । हामीले हवाईट पेपर निकालेका छौं यो सुविधा छैन । यसमा एसएमएस रिड पनि गर्दैनौं । अझ सुरक्षित गराउनको लागि प्राधिकरणलाई जेजति डाटा चाहिन्छ त्यो मात्रै राख्छ । टेरामक्सले कहाँबाट कल आएको हो र त्यसको कलको शुल्कदर कति थियो । नेपालमा आउँदा कति मोनिटरिङ भयो । त्यति मात्रै हामीलाई चाहिने हो । मेलेसिया,भारत,पाकिस्तान,चीन,बंलादेश,इण्डोनेसिया,सिंगापुर,अमेरिका,बेलायत लगायतले सम्पूर्ण विवतरण गर्ने भनेर गरिरहेका छन् । कसैले आफ्नो देशको आवश्यकता अनुसार राखेका छन् । टेरामक्स भनेको फोन ट्यापिङ गर्नलाई ल्यायो भन्ने कुरा ठिक होइन । आवदेन परेका कम्पनीहरुको लागत मूल्य त्यति धेरै ठूलो होइन । २०७४/७५ सम्झौता गरेर त्यो बेलाको प्रविधि अनुसार गरेको टेण्डर अहिलको विकसित प्रविधिहरु आएकाले कहिले र त्यो बेलाको मूल्यमा तुलना गरेर टेरामक्सलाई न्याय हुँदैन ।’
उनले टेरामक्स फोन ट्यापिङ गर्नलाई ल्यायो भन्ने कुरा ठिक नभएको बताए । उनले टेरामक्स ल्याउने २०७४÷७५ तिरको प्रविधि अनुसार गरेको सम्झौता मूल्यमा अहिलेको प्रविधि ल्याउने विषयले बेलाको मूल्यमा तुलना गरेर टेरामक्सलाई न्याय नगर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया