घर-घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्छ : महामन्त्री थापा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर-घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयाेजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए । उनले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर-घरमै स्वास्थ्य सेवा पुर्याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने जिकिर गरे । उनले ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए ।
महामन्त्री थापाले घर-घरमा स्वास्थ्य सेवा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया