संसद्

मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्छ : वर्षमान पुन

इकागज |
असोज २५, २०८० बिहीबार १७:३७ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेता पुनले बाह्य क्षेत्र राम्रो देखिए पनि मुलुकको अर्थतन्त्र आन्तरिक रूपबाट चलायमान हुन नसकेको अवस्थामा अर्थमन्त्रालय वा समग्र मन्त्रिपरिषदले धारणा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।


उनले अर्थतन्त्र सुधारका लागि सरकारले सबै पक्षसँग छलफल गरेर छिटो भन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने बताए । उनले दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध हुने गरी आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने बताए ।


Author

थप समाचार
x