हाम्रा सबै संरचनाहरू अपाङ्गमैत्री बनाउन जरुरी छ : विमला राई पौड्याल
काठमाडौँ–राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले सबै संरचनाहरू अपाङ्गमैत्री बनाउन जरुरी रहेको बताएकी छिन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संकल्प प्रस्तावको समर्थन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘हाम्रो संविधानले मौलिक हक भनेर सबैको लागि बनाएको हो,’ उनले भनिन्, ‘शिक्षाको हक, स्वास्थ्यको हक, रोजगारीको हक, न्यायको हक, यस्ता थुप्रै ३२ वटा हक छन् । यी हकहरू अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता भएकै कारण प्रयोग गर्न सकिरहेका छैनन् । त्यसले गर्दा सबैभन्दा पहिले सबै संरचनाहरू अपाङ्गमैत्री बनाउन जरुरी छ ।’
उनले भौतिक संरचना मात्रै नभइ जनशक्ति लगायतको संरचना पनि बनाउनु पर्ने बताइन् । ‘यसको लागि शारिरिक र भौतिक संरचनामात्रै होइन, जनशक्तिको पनि संरचना बनाउन पर्छ,’ उनले भनिन्, ‘आफूलाई पे्रगनेन्ट भएँ भन्दा बोल्न नसक्ने महिलालाई डाक्टरले पखालाको औषधि दिएर पठाएको उदाहरण छ, मसँग ।’
वर्तमान भौतिक संरचनालाई अडिट गरेर चाँडो त्यसलाई अपाङगता मैत्री बनाउन जरुरी रहेको उनले बताइन् । घरमा बस्न नसक्ने अवस्था भएकाका लागि केयर होमको व्यवस्था गर्न पनि उनले सुझाव दिइन ।
अपाङ्गता भएका व्यक्तिका लागि गरिने निर्णयमा उनीहरूको सहभागिताको सुनिश्चितता गर्न पनि जरुरी रहेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया