सरकारको मति यस्तै रहे देश ठूलो संकटमा फस्छ : सांसद गौतम
काठमाडौँ- नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम नागरिकको निराशालाई चिरोस् भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताए । उनले देशमा भ्रष्टाचार र अराजकता व्याप्त भएको जिकिर गरे । उनले जनतामा निराशा पैदा भएको बताए ।
देशको विकास निर्माणको काम पनि ठप्प भएको उनले बताए । सांसद गौतमले सरकारको गति र मति यस्तै रहेमा देशमा लोकतन्त्र नरहने र संविधानमा संकट आउने बताए । उनले देशमा विधिको शासन स्थापित गर्न नसकेर न्याय हराउँदै गइरहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया