संसद्

स्थानीय तहका कर्मचारीको जायज माग सम्बोधन गर्नुपर्छ : सांसद घिमिरे

इकागज |
असोज २६, २०८० शुक्रबार १६:१३ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद वासुदेव घिमिरेले स्थानीय तहका कर्मचारीको माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनप्रति सरकार संवेदनशील हुनुपर्ने बताए । घिमिरेले उनीहरूको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए । उनले स्थानीय तहका कर्मचारीहरूलाई चरम असन्तुष्टि बनाएर ल्याउने कानुनले सामाजिक न्याय स्थापित गर्न नसक्ने जिकिर गरे ।


सांसद घिमिरेले विद्यालय शिक्षा विधेयकको नियति निजामती कर्मचारी विधेयकमा नदोहोर्‍याउन आग्रह पनि गरे ।


Author

थप समाचार
x