राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव पारित
काठमाडौँ- राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांंसद प्रकाश पन्थले प्रस्तुत गरेको सो संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव निर्णयाथ पेस गर्दै भने, ‘माननीय सदस्यहरू, अब म अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दछु । अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु ।’
नेपाली कांग्रेसका सांसद पन्थले प्रस्तुत गरेको सो संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने काममा सरकार गम्भीर नभएको आरोप लगाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका हरेक निकायमा उनीहरूको अधिकार सुनिश्चित हुने गरी आवश्यक व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया