संसद्

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी : सांसद सुवाल

इकागज |
कात्तिक १२, २०८० आइतबार १४:२३ बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै सांसद सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको जिकिर गरे । उनले नेपालीलाई योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए । उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाइ बिदा कटौती गर्नुपर्ने माग गरे ।


‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । किनभने अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ । नेपालीलाई योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ,' उनले भने, 'देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाइ बिदा कटौती गर्नुपर्छ ।’

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताए । 


Author

थप समाचार
x