संसद्

प्रस्तावित विधेयकमा शिक्षकलाई पनि मर्यादाक्रममा समेटियो

इकागज |
कात्तिक १३, २०८० सोमबार १७:२२ बजे

काठमाडौँ– विद्यालयका शिक्षकलाई पनि राष्ट्रिय मर्यादामा समेटेर मर्यादासम्बन्धी कानुन निर्माण गरिने भएको छ । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ मा शिक्षकको मर्यादा सम्बन्धी व्यवस्था प्रस्तावित छ ।

विधेयकमा माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ । माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ ।


यस्तै माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक २२ औँ स्थानमा राखिएको छ । मर्यादाक्रमको पहिलो स्थानमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष र पाँचौF स्थानमा प्रधानन्यायधीश रहने विधेयकमा उल्लेख छ ।

विधायन व्यवस्थापन समितिबाट पारित विधेयक भोलि राष्ट्रिय सभामा पेस हुँदैछ । उक्त विधेयकलाई राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्छ । प्रतिनिधि सभाले पारित गरेमा राष्ट्रिय मर्यादासम्बन्धी कानुन बन्नेछ । 
 


Author

थप समाचार
x