संसद्

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पुनः गृह मन्त्रालयमा पठाइनु हुँदैन : सांसद रायमाझी

इकागज |
कात्तिक १३, २०८० सोमबार १७:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मन्त्रिपरिषद्‌मा नभइ सिधै संसदमा पेस हुनुपर्ने बताएका छन् ।​ सोमबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ गृह मन्त्रालयले पहिल्यै ल्याएको भए स्वागतयोग्य हुने भए पनि अब भने गृह मन्त्रालयमा विधेयक पुर्याएर संसदमा लैजान नहुने जिकिर गरे । पुनः गृहमन्त्रालयमा विधेयक पुग्नु भनेको पास नगर्ने नियत भएको उनकाे भनाइ छ ।


त्यस्तै राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका नेता देवेन्द्र दाहालले राष्ट्रिय मर्यादाको अन्योलता अन्त्य गर्न विधेयकको आवश्यकता महसुस गरिएको बताए । उनले सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादामा र अति विशिष्ट तथा विशिष्टहरूको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषयहरू विधेयमा समेटिएको बताए ।

नेता दाहालले राष्ट्रिय मर्यादाका विषयहरूलाई एकीकृत गर्न विधेयक महसुस गरिएको भनाइ राखे ।


Author

थप समाचार
x