संसद्

काठमाडौँ महानगरका मेयर र उपमेयरको वरियता तल झार्न प्रस्ताव (पूर्णपाठसहित)

इकागज |
कात्तिक १३, २०८० सोमबार २०:२४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको वरियताक्रम तल झार्ने प्रस्ताव पास गरिएको छ । अब काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरको मर्यादाक्रम अन्य महानगरपालिकाका मेयर उपमेयरसरह हुने प्रस्ताव पास गरिएको हो । 

सोमबार यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । मंगलबार उक्त विधेयक प्रतिवेदनसहित राष्ट्रियसभामा प्रस्तुत गरिनेछ ।  


हाल काठमाडौँ महानगरपालिकाका मेयरको वरियताक्रम १०औं मा छ भने अन्य महानगरपालिकाका मेयरको वरियता ११औं नम्बरमा छ । यस्तै उपमेयरको वरियता १३औं नम्बरमा छ भने अन्य महानगरका उपमेयरको वरियता १६औं नम्बरमा छ । 

आजको बैठकबाट सबै महानगरपालिका प्रमुखको वरीयता १७औँ नम्बरमा रहने गरी प्रतिवेदन पारित गरेको छ । यस्तै महानगर उपप्रमुख, उपमहानगर प्रमुख र उपप्रमुख तथा नगरपालिकाका प्रमुखको वरियता १८औँ नम्बरमा छ । 

यस्तै गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख १९औँ तथा गाउँपालिकाका उपाध्यक्षको वरियता २०औँ नम्बरमा छ । २१औँ नम्बरमा ७५३ स्थानीय तहका वडाध्यक्षहरु रहनेछन् । 

 


Author

थप समाचार
x