संसद्

राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने गरी स्थगित

इकागज |
कात्तिक १४, २०८० मंगलबार १८:२० बजे

काठमाडौँ– राष्ट्रिय सभाको बैठक आगामी बिहीबार बस्ने गरी स्थागित भएको छ । मंगलबार बसेको दोस्रो बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० पारित गरेर बैठक स्थगित भएको हो ।

आजै बसेको राष्ट्रिय सभाका पहिलो बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक सम्बन्धिको प्रतिवेदन पेस गरेकी थिइन् ।


यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० का लागि दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव पेस गरेका थिए ।

पहिलो बैठकले सो प्रस्ताव दफाबार छलफलका लागि  विधाय व्यस्थापन समितमा पठाउने प्रस्ताव स्वीकृत भएको थियो ।
 


Author

थप समाचार
x