राष्ट्रिय सभामा वर्षे अधिवेशन अन्त्य भएको जानकारी
काठमाडौँ- राष्ट्रिय सभा बैठकमा चालु अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणशप्रसाद तिमिल्सिनाले चालु अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।
उनले राष्ट्रिय सभाको चालु चौधौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने घोषणा गरे ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८० कार्तिक १६ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराए ।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया