संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुन्छ : सभामुख घिमिरे
काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित १५ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसदको आगामी अधिवेशनबाट पारित हुने बताएका हुन् ।
सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरू निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे ।
त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया