संसद्

संसद्‌ सचिवालयका महासचिव गौतमले दिए राजीनामा

इकागज |
मंसिर २५, २०८० सोमबार ११:४३ बजे

काठमाडौँ- संघीय संसद्‌ सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले स्रोतले बतायो ।

तर उनले राजीनामा दिएको विषय सार्वजनिक गरिएको छैन । उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन् ।


२२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । 


Author

थप समाचार
x