संसद्

उपसभामुख भन्छिन्- बिल्डिङ र टावर खोल्दैमा विकास भन्न सकिँदैन

इकागज |
मंसिर २५, २०८० सोमबार १७:५ बजे

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छिन् । सोमबार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उपसभामुख रानाले सरकार भनेको सम्पूर्ण जनताहरू भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने जिकिर गरिन् । उनले बिल्डिङ र टावर खोल्दैमा विकास भन्न नसक्ने बताइन् । उनले महिला हिंसासम्बन्धी धेरै कानुन बनेका भए पनि कार्यान्वयनको पाटो कमजोर रहेको उल्लेख गरिन् ।


‘महिलालाई संविधानले दिएको धारा ३८ को ५ ले महिलाहरूले ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ । सरकार भनेको सम्पूर्ण जनताहरू हुन् । जब हामी समावेशी विकासको कुरा गर्छौं, एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन,' उनले भनिन् ।

उपसभामुख रानाले महिलाका अधिकार आवाज सशक्त किसिमले उठाउनुपर्ने बताइन् । 


Author

थप समाचार
x