सन्धि सम्झौताको कागजात नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन प्रस्ताव
फाइल तस्बिर
काठमाडौँ- विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण कागजात सुरक्षित नराख्ने तथा नष्ट गर्नेलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव संसदीय समितिमा राखिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण दस्तावेजहरू सुरक्षित नराख्ने तथा नष्ट गर्ने जिम्मेवार व्यक्तिलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव राखेकी हुन् ।
बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथि भएको छलफलमा भाग लिँदै उनले राज्यको महत्वपूर्ण कागजात नष्ट गर्नेहरूलाई कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचलित व्यवस्था संशोधन गर्नुपर्ने बताइन् ।
‘देशको इतिहास, सन्धि/सम्झौताहरू, महत्वपूर्ण कागजातहरू सबै डिस्ट्रोइ गरे पनि जरिवाना पाँच हजार रुपैयाँ ?’ भन्दै प्रश्न गरेकी उनले भनिन्, ‘नेपालले गरेको सन्धिहरू कसैले डिस्ट्रोइ गर्छ, बिगार्छ, नष्ट गर्छ, लिग गर्छ भने त्यो राष्ट्रद्रोहको लेबलमा कारबाही गर्नुपर्छ । कम्तिमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचलित व्यवस्था संशोधन गर्नुपर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया