भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले स्टन्डबाजी गर्यो : पदम गिरी
फाइल तस्बिर
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूलठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन् ।
देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए । यसबारे संसदमा आफूहरूले आवाज उठाउने उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया