मिटरब्याजपीडित र किसानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने राप्रपाको चेतावनी
फाइल फोटो
काठमाडौं - प्रतिपक्षी दल राप्रपाले मिटरब्याजीपीडित र दूग्ध किसानको समस्या समाधानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने चेतावनी दिएको छ ।
राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले देशका विभिन्न स्थानबाट हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडित र दूग्ध उत्पादक कृषकको समस्या समाधान गर्ने गरी सरकारले ठोस कदम नचाले सदन अवरोध गर्ने चेतावनी दिएका हुन् ।
राप्रपासहित एमाले, रास्वपाका सांसदहरूले सरकारले जवाफ नदिएको विषयमा सदनमा आक्रोश व्यक्त गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया