कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत
काठमाडौँ- प्रतिनिधि सभालाई नेकपा एमालेका सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।
यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया