न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गर्न माग
फाइल तस्बिर
काठमाडौँ - सांसद डा अमरेशकुमार सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको बताए ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सिंहले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उनले आरोप लगाए ।
न्यायपालिकाबाट भइरहेका निर्णयको छानबिन गर्न र न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग सांसद डा सिंहले गरे ।
उनले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराए । न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया