संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ - प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बैठक शुरु भएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चलन नदिने घोषणा गरेको थियो ।
कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि कांग्रेससहितका विपक्षी सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया