संसद्

व्यक्ति विशेष छानबिन समिति जरुरी छैन : पौडेल

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १७:३२ बजे

फाइल फाेटाे

काठमाडौँ- नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले कांग्रेसले बजेट अधिवेशनको पहिलो दिन नै अवरोध गर्नु संसदीय अभ्यासमा नहुनुपर्ने घटना भएको बताएका छन् ।

उनले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समितिको माग कांग्रेसले गर्नु नहुने तर्क गरे । व्यक्ति विशेषलाई टार्गेट गरेर होइन । समग्र सहकारीसँग सम्बन्धित छानबिन समिति बन्नुपर्छ,' सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले भने । उनले संसद् अवरोध गरेर देश अगाडि बढ्न नसक्ने र संसद सुचारु गरेर समस्या समाधान गर्नुपर्ने धारणा राखे ।


१५ मिनेटका लागि सभामुखले साढे ४ बजे स्थगित गरेको प्रतिनिधि सभा बैठक अहिलेसम्म सुरु भएको छैन ।


Author

थप समाचार
x