कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस भएन
फाइल तस्बिर
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
मंगलबार बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रमका विषयमा राष्ट्रपतिलाई धन्यवाद मात्रै दिने कार्यसूची रहेकाले सहज रूपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । तर, कांग्रेस सांसदहरूले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने जनाएका थिए ।
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले जेठ ३ गतेसम्मका लागि बैठक स्थगित गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया