संसद्

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

इकागज |
जेठ १, २०८१ मंगलबार १८:३८ बजे

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो ।


बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । 

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको छ ।

कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसदको कुनै कारबाही अगाडि बढ्न नसक्ने जनाएको छ ।

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।


Author

थप समाचार
x