सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै
फाइल तस्बिर
काठमाडौँ - सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै छन् ।
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।
प्रमुख चार दलहरूबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिना अवरोध बस्ने देखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया