फेरि सर्यो प्रतिनिधिसभाको बैठक
काठमाडौँ- प्रतिनिधि सभाको बैठक साढे ४ बजेसम्मका लागि सारिएको छ । सभामुखको सचिवालयले बैठक साढे ४ बजेसम्मका लागि सारेको जानकारी दिएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।
अहिले कार्यदलमा छानबिनको दायराबारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिँदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुन नसक्ने बताउँदै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया