संसद्

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

इकागज |
जेठ ७, २०८१ सोमबार ९:१३ बजे

काठमाडौं - सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक अहिले बिहान १० बजे संसद भवन बानेश्वरमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।


सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । सत्ता घटक जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनु परेको हो ।


Author

थप समाचार
x