नाराबाजीका बीच राष्ट्रिय सभामा पनि धन्यवाद प्रस्ताव पारित
काठमाडौँ- राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय सभाबाट धन्यवाद प्रस्ताव पारित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति राष्ट्रिय सभा बैठकमा पेस गरेका थिए ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच धन्यवाद प्रस्ताव पारित भएको हो ।
कांग्रेसको विरोधका बीच राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक ११ जेठ दिउँसो सवा १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकले पनि कांग्रेसको नाराबाजी र रोस्ट्रम घेराउका बीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया