संसद्

सदनमा विचारधीन विधेयकहरू अघि बढ्छन् : सभामुख घिमिरे

इकागज |
जेठ १७, २०८१ बिहीबार २०:५८ बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा पनि सदनमा विचाराधीन विधेयक अघि बढाउने बताएका छन् ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकनपछि सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट पारित गर्ने मात्र नभएर विचाराधीन विधेयकलाई समेत अघि बढाउने बताएका हुन् ।  


'बजेट अधिवेशन सञ्चालन भइरहेको छ, यो अधिवेशनमा विचाराधीन विधेयक पनि अघि बढाउनुपर्नेछ, विस्तारै सांसदहरूलाई दायित्वबोध भएको मैले महसुस गरेको छु,' उनले भने, 'विधेयक ल्याउने र अघि बढाउने विषयमा सरकार पनि तुलनात्मक रूपमा सक्रिय छ, समितिमा रहेका विधेयकमा फटाफट काम भइरहेका छन्, आजै पनि संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित भएको छ, त्यसलाई संसद्मा बजेटकै बीचमा पनि प्रवेश गराएर अघि बढाउँछाैँ ।'


Author

थप समाचार
x