संसद्

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

इकागज |
जेठ २०, २०८१ आइतबार ७:१ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि डाकिएको छ । बैठकमा सम्भावित दुई कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित “आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । 



Author

थप समाचार
x