संसद्

गृहमन्त्रीलाई रामहरि खतिवडाको प्रश्न - देश हुकुमी शासनमा चलाउन खोजेको हो ?

इकागज |
जेठ २०, २०८१ आइतबार ११:४६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसले हुकुमी शासनबाट देश चलाउने हो भन्दै प्रश्न गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रत लक्षित गर्दै आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेस नेता रामहरि खतिवडाले देश हुकुमी शासनमा चलाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।  उनले मिडिया ट्रायल गरेर, ट्वीट गरेर देश चलाउन मिल्छ भन्दै प्रश्न गरे । उनले यो काम तत्काल बन्द गर्नका लागि रूलिङको माग गरे ।  

उनले मुलुक हुकुमी शासनमा नभइ कानुनी आधारमा चल्नुपर्ने बताए । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गरे । 


'उपप्रधानमन्त्रीको ट्वीट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,' उनले भने, “मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेको बिहान सडकमा ल्याएर उभ्याउने रु कुन कानुन र नियममा छ रु यसरी मुलुक चलाउने ?'


Author

थप समाचार
x