Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

सन्दीप लामिछानेलाई भिसा नदिने कुरा समग्र देशको अपमान हो : सांसद शाही

इकागज |
जेठ २०, २०८१ आइतबार १४:५२ बजे

काठमाडौँ- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिने कुरा समग्र देशको अपमान भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा शाहीले अदालतले न्याय दिएर क्यान र सरकारले सिफारिस गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा नदिनु समग्र देशको अपमान भएको बताएका हुन् । उनले विश्वकप खेल्नका लागि आफ्ना खेलाडीलाई भिसा नदिँदा पनि कुनै प्रतिक्रिया नदिने परराष्ट्र र खेलकुद मन्त्रालयको आवश्यकता नदेखिएको धारणा राखे ।


विश्वकप आयोजना गर्ने देशले नै खेल खेल्न भिसा नदिनु भनेको पञ्चशिलको सिद्धान्तविपरीत रहेको उनको भनाइ छ ।​

उनले देशलाई खेलाडी वा कलाकारले चिनाउने भन्दै यसलाई देशका नेताहरूले बुझ्न नसकेको तर्क गरे । 


Author

थप समाचार
x