संसद्

शिथिलता चिर्ने गरी बजेट आएको छ : अर्थमन्त्री पुन

इकागज |
जेठ २०, २०८१ आइतबार १५:३३ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको शिथिलता चिर्ने गरि बजेट ल्याइएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट ल्याएको दाबी गरेका हुन् । बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढंगले बजेट आएको उनले बताए ।


अर्थमन्त्रीले निजी क्षेत्रले सन्तुलित बजेट आएको प्रतिक्रिया दिएको भन्दै यसलाई सफल कार्यान्वयन गर्ने दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए । उनले समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको जानकारी दिए । राजस्वका दर निकै कम मात्र हेरफेर गरिएको भन्दै अर्थमन्त्री पुनले त्यसले उद्योगलाई संरक्षण गर्ने बताए ।

उनले गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिए पनि अझै पूरै सुधारको अवस्थामा भने पुगिनसकेको धारणा राखे । 


Author

थप समाचार
x