Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेन : सांसद जबरा

इकागज |
जेठ २०, २०८१ आइतबार १७:३५ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद धवल शमशेर जबराले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको राजस्व र व्ययको अनुमान (बजेट) ले मुलुकमा विद्यमान आर्थिक शिथिलतालाई चिर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे धारणा राख्दै सांसद जबराले कुनै स्पष्ट योजना नभई वितरणमुखी र कनिका छरेको जस्तो बजेट ल्याएको बताए । 'देशमा चलिरहेको आर्थिक मन्दीलाई बजेटले सम्बोधन गर्न सकेको छैन । आर्थिक मन्दी रहेको स्थितिमा त्यसलाई समाधान गर्न बजेटले कुनै स्पष्ट योजना ल्याएको देखिँदैन,' उनले भने, 'कृषि क्षेत्रमा कृषि दशक भनिएको छ, तर कृषि क्षेत्रमा न्यून बजेट आएको छ ।' रासायनिक मलको अनुदानको रकम घटाउँदा त्यसको मार कृषकलाई पर्ने उनको भनाइ छ ।


सांसद जबराले सरकारले आगामी आर्थिक वर्षका लागि राखेको लक्षित राजस्व सङ्कलन गर्ने र स्रोत जुटाउन ठूलो चुनौती रहेको बताए । चालु आवको बजेटको आकार रु दुई खर्बभन्दा बढी घटाउनु परेको स्मरण गर्दै उनले आकारमा ठूलो बजेट ल्याउनेभन्दा पनि कार्यान्वयनमा सरकारले बढी जोड दिनुपर्ने उल्लेख गरे । बजेटले स्टार्टअप क्षेत्रमा राम्रा योजना ल्याएको उनको भनाइ छ । यद्यपि केही योजना तथा कार्यक्रम विवरणमुखी रहेको सांसद जबराले आरोप छ ।


Author

थप समाचार
x