Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

प्रतिनिधिसभा : बजेटको कार्यान्वयन पक्ष फितलो बन्‍न नहुनेमा जोड

इकागज |
जेठ २०, २०८१ आइतबार १७:४२ बजे

काठमाडौँ- सांसद रेखा यादवले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटको कार्यान्वयन पक्ष फितलो बनाउन नहुनेमा जोड दिएकी छन् । 

आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद यादवले बजेटको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिइन् । 'जेठ १५ गते अर्थमन्त्रीले नेपालमा उत्पादित अल्लोको झोलामा बोकेर बजेट ल्याउँदा सकारात्मक देखिए पनि झोलाभित्रको वक्तव्यले उत्साह दिन सकेन,' उनले भनिन्, 'समाजवाद अर्थतन्त्र उन्मुख बजेट प्रभावकारी कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ ।'


सांसद यादवले बजेटमा कृषि दशक घोषणा भए पनि कृषि मन्त्रालयका लागि विनियोजन भएको बजेटको आकार घटाइएको भन्दै उत्पादनशील क्षेत्रलाई राज्यले उपेक्षित गरेकामा आपत्ति जनाइन् । चुरेमा पानीको हाहाकार मच्चिएर जनता समस्यामा परेका भन्दै चुरे संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताइन् । 

उनले भएका पुराना उद्योग सञ्चालन गर्न सरकारले सहज वातावरण निर्माण गरिदिनुपर्नेमा जोड दिइन् ।


Author

थप समाचार
x