संसद्

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
जेठ २१, २०८१ सोमबार ९:१ बजे

काठमाडौँ- आज संघीय संसद्‌को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ ।

आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।


आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए ।  

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद्‌ सचिवालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक १२:१५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।


Author

थप समाचार
x