संसद्

प्रतिनिधिसभा बैठक

सगरमाथा क्षेत्र घुम्‍ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

इकागज |
जेठ २४, २०८१ बिहीबार १४:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गरेका छन् ।

उनले भने, 'संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर, एक मात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ । विमानस्थल विस्तार गर्न गत वर्षको बजेटले ध्यान दिन सकेन । सगरमाथा क्षेत्रको विकासका लागि थप काम गर्नुपर्छ ।'


प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दूधकोशी नदीबाट थप विद्युत उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रुपा सोशी चौधरीले संसदबाट कानुन निर्माण प्रक्रियामा लक्ष्य प्राप्ति हुन नसकेको बताउँदै यसमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् । सांसद निशा डाँगीले सीमित बजेटको आकार भए पनि असीमित योजना घोषणा गरिरहेको सन्दर्भमा स्रोतको सुनिश्चितता नगरी ठूला योजना घोषणा नगर्न सुझाव दिइन् ।

त्यस्तै सांसद अनिशा नेपालीले स्थानीय सडक राष्ट्रिय राजमार्गसँग जोड्ने भनेर पटक–पटक बजेट छुट्याइने गरेको तर कार्यान्वयन ढिलाइ हुने गरेको उल्लेख गरिन् ।


Author

थप समाचार
x