संसद्

संसद्‌ बैठक बस्दै : कुन सांसदले कुन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्दैछन् ?

इकागज |
जेठ ३२, २०८१ शुक्रबार ७:५३ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा बिनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

आज विभिन्न चार मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुनेछ । जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि छलफल हुने छ ।
त्यस्तै आज विभिन्न सांसदहरूले खर्च कटौतीको प्रस्ताव समेत पेश गर्ने कार्यतालिका रहेको छ ।


जुन यस प्रकार छन्:
- प्रेम सुवालले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

- डा. अमरेश कुमार सिंहले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

- नागिना यादवले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

- तेजुलाल चौधरीले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

- मैना कार्कीले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

- रोशन कार्कीले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

- राजेन्द्र बजगाइले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

- डा. धवलशमशेर जवराले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।


Author

थप समाचार
x