संसद्

रमेश लेखकको प्रश्न : प्रधानमन्त्री प्रचण्ड डराएर संसद्‌मा नआएको हो ? (भिडियोसहित)

इकागज |
जेठ ३२, २०८१ शुक्रबार ११:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण बारे संसद्‌लाई जानकारी गराउन माग गरेको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसद्‌मा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।


लेखकले प्रधानमन्त्री संसद्‌मा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफूहरूले जवाफ माग गरेको तर प्रधानमन्त्री संसद्‌मा नै नआएको बताए ।

उनले प्रधानमन्त्री डराएर संसद्‌मा नआएको हो भन्दै प्रश्न गरेका छन् । उनले सरकारले संसदको अपमान गरेको बताउँदै संसद्‌ चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जादा संसद्‌लाई जानकारी गराउनुपर्ने स्मरण गराए । प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफूहरूले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए ।

लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे जानकारी गराउन माग गरेका छन् ।


Author

थप समाचार
x