संसद्

संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण

इकागज |
जेठ ३२, २०८१ शुक्रबार ११:५४ बजे

फाइल फोटो

काठमाडौँ - सभामुख देवराज घिमिरेले संसदमा शून्य समय, विशेष समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शून्य समय, विशेष समयमा सांसदहरूले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।


संसदको बैठकमा सांसदहरूले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरूले गुनासो गरेपछि सभामुखले सरकारलाई ध्यानाकर्षण गरेका छन् ।

आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउँदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गरेका थिए ।


Author

थप समाचार
x