संसद्

बजेट निर्माणको प्रक्रियामा ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक : सांसद भट्टराई

इकागज |
असार २, २०८१ आइतबार १४:४० बजे

काठमाडौँ- नेकपा एमाले सांसद योगेश भट्टराईले बजेट निर्माणको प्रक्रियामा पुरानै ढाँचा अवलम्वन गरिएकाले विभिन्न टीकाटिप्पणी आइरहेको बताएका छन् ।

आइतबार संसदमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले बजेट निर्माणको प्रक्रिया पुरानै ढाँचाबाट नभएर यसमा ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको बताए ।


उनले रु तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत साना-साना आयोजना राखेर ल्याउँदा कुनै प्रतिफल नआउने धारणा राखे । तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापित गर्न सक्ने परिणाममुखी ढंगले बजेटको कार्यान्वयन गर्न सकिने उनले बताए । उनले पुँजीगत खर्च घटिरहेको र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउनुपर्नेमा जोड दिए ।

भट्टराईले २५ वर्षमा आयोजना हस्तान्तरण गर्ने नियमलाई बढाउनुपर्ने सुझाव दिए । राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसकेको र लगानी बढेको अवस्थामा सरकारले गम्भीर ध्यान दिनुपर्ने उनले बताए । 


Author

थप समाचार
x