संसद्

संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
असार ४, २०८१ मंगलबार ७:३४ बजे

काठमाडौँ- आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल जारी रहने छ ।

आज तीन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।


विभिन्न शीर्षकमा छलफल हुने संघीय संसद्‌ सचिवालयले जनाएको छ । जसमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् ।

त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल जारी रहने र विभिन्न सांसदहरूले निम्न बमोजिम खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको संसद्‌ सचिवालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x